चौधरी फाउण्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

SCROLL

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । प्रतापपुरको वार्ड न ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ बर्षदेखि जिर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याएएको हो ।

बुधबार एक कार्यक्रममा बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त आयोजनाको उद्घाटन गरेका हुन् । उनले शुद्ध पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार भएको बताए ।

उनले भने, ’चौधरी फाउण्डेसनको सहयोगमा यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको छ । यो काम हामीले अन्त पनि गर्नेछौं । नागरिकालाई शुद्ध खानेपानीको व्यवस्था गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्दछ ।’

चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा उक्त आयोजनाको स्तरोन्नतिको कार्य गरिएको हो । शुद्ध खानेपानीको अभावमा प्रतापपुरमा अत्याधिक आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य छन् ।

लामो समयदेखि बन्द रहेको खानेपानी आयोजनालाई प्रतापपुर गाउँपालिको सहकार्यमा चौधरी फाउण्डेसनको आर्थिक सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो ।

सफा र शुद्ध खानेपानीको व्यवस्था भएपछि स्थानीय खुसी भएका छन् । उक्त आयोजनाबाट प्रतापपुरका संयौं घरपरिवार प्रभावित भएका छन् ।

पश्चिम नवलपरासीमा चौधरी फाउण्डेसनले युवा स्वरोजगार, महिला उद्यमशीलताका साथै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्दै आएको छ । सांसद चौधरीले विकासका कामलाई केन्द्रमा राखेर निरन्तर निर्वाचन क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

 नेपाल प्रेसमा प्रकाशित
लिङ्क: https://www.nepalpress.com/2025/03/19/573248/

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, बेलहानी,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७-९७०-७०९४०४१

सामाजिक संजाल