धुलिखेल अस्पतालको टोली लिएर चौपत्ता अस्पताल पुगे सांसद विनोद चौधरी

धुलिखेल अस्पतालको टोली लिएर चौपत्ता अस्पताल पुगे सांसद विनोद चौधरी 

SCROLL

नवलपरासी । नेपालकै ख्यातिप्राप्त धुलिखेल अस्पतालको टोली लिएर सांसद विनोद चौधरीले पश्चिम नवलपरासीमा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल)को अवलोकन गरेका छन् । 
चौपता अस्पताललाइ धुलिखेल अस्पतालको आउटरिच अस्पतालका रूपमा सन्चालन गर्ने उद्देश्यका साथ सांसद चौधरीले यस्तो पहल गरेका हुन् । 

बर्दघाट नगरपालिकाको वडा नं. १४ मा रहेको अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय र व्यवस्थित बनाउन सांसद चौधरीसहित धुलिखेल अस्पतालको टोलीले स्थलगत अवलोकन गरेको हो । 

पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीको पहलमा धुलिखेल अस्पताल र बर्दघाट नगरपालिको समन्वयमा उक्त अस्पतालमा सेवा विस्तारको तयारी गएको हो । 

धुलिखेल अस्पतालका चिकित्सकको टोलीले अस्पतालको अवलोकनका गर्नुका साथै अस्पताललाई कसरी प्रभावकारी र व्यवस्थित रुपमा संचालन गर्न सकिन्छ भन्नेबारे सरोकारवालासँग छलफल अघि बढाएको हो  । सांसद चौधरीले नगरपालिका र धुलिखेल अस्पतालको समन्वयमा शहिद स्मृति सामुदायिक अस्पतालको सेवा बिस्तार गर्नसके स्थानीय जनतामा सुविधा हुने विश्वास व्यक्त गरे । 

यस्तै सांसद चौधरीकै पहल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको समन्वयमा रोटरी क्लव अफ धुलिखेलले ६ वटा डायलासिस मेसिन उपलब्ध गराएको थियो । मेसिन सञ्चालन र यसको प्रयोगबारे धुलिखेल अस्पतालले चौपता अस्पतालका कर्मचारीलाई तालिम दिने काम भइरहेको छ । 

शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेन्डा बनाएका सांसद चौधरीले निर्वाचनका समयमा सो अस्पताललाई त्यस क्षेत्रकै एउटा नमूना र रिफर र अस्पतालको रुपमा संचालन गर्ने घोषणा गरेका थिए ।

धुलिखेल अस्पतालको टीमले चौपत्ता अस्पतालको भौतिक अवस्थादेखि अन्य पूर्वाधारका विषयमा अवलोकन गरेको छ । धुलिखेल अस्पतालको सहजीकरणमा सञ्चालन भए चौपत्तामा भर्ना हुने बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने त्यहाँ उपचार हुन नसकेका विरामीहरूलाई धुलिखेल अस्पतालमा उपचार गरिनेछ ।

बाह्रखरीमा प्रकाशित
लिङ्क: https://baahrakhari.com/detail/449089

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, बेलहानी,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७-९७०-७०९४०४१

सामाजिक संजाल