विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन नेपालखबर जेठ २३, २०८२ शुक्रबार १२:५३, काठमाडौँ 288 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsharethis sharing button प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो। बजेटले पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका महत्त्वपूर्ण परियोजनामा बजेट विनियोजन गरिएको हो। एकीकृत बस्ती विकास (सुस्ता), सडक निर्माण, आपतकालीन आवास भवन र पार्क लगायतका पूर्वाधार सुधारका लागि १ करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ । गरिब तथा विपन्न परिवारका लागि आवास सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका गरिब तथा विपन्न परिवारका लागि आवास पूर्वाधार निर्माणमा ३ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । सडक पूर्वाधार विकासतर्फ बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको बिषय खोला दुवैतर्फ सडक स्तरोन्नतिका लागि ३ करोड, पोटाहादेखि पश्चिमतर्फ अन्नपूर्ण सिँचाइ बोरिङ हुँदै चौपत्ता पशु बजार त्रिवेणी जोड्ने सडक निर्माण (बर्दघाट नगरपालिका १४ र १५) का लागि ३ करोड, बर्दघाट टिसिएन चोकदेखि जिमिरेभार हुँदै नारायणचोकसम्म ५ किलोमिटर सडक विस्तार तथा सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ । बजेटमा सूर्यपुरादेखि भुजहवा जोड्ने बाटो स्तरोन्नति र कालोपत्रे (प्रतापपुर वडा नं ७, सरावल वडा नं ७) का लागि ३ करोड, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका वडा नं. १ को सिमानादेखि सरावल सालवास, पथरहिया, सिमलटाडी र नयाँटोल हुँदै सुनवल वडा नं ११ जोड्ने सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ । पुल निर्माणतर्फ प्रतापपुरदेखि बेलाटारी जोड्ने ठूलो सडकमा पुल निर्माणका लागि ३ करोड, फडकी टोल बलिनगर डङेनमा पुल निर्माण (प्रतापपुर ८) का लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ । सहरी विकास र सौन्दर्यीकरणतर्फ बर्दघाटको नारायणचोक, गोपीगञ्ज, सेमरी, बेलाटारी, कुडियासम्मको बजार क्षेत्रमा १३ किलोमिटरको एक सय स्थानमा फ्लड लाइट, सडक पेटीमा वृक्षारोपण र सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ बिनियोजना गरिएको छ । यसमा बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालिका समेटिनेछन्। । पर्यटन विकासतर्फ बाउन्न खोला सिमसार पर्यापर्यटन विकासका विभिन्न संरचना निर्माण (बर्दघाट १०) का लागि ३ करोड विनियोजन हुनुका साथै बर्दघाट नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्न ९ लाख रुपैयाँ छुट्ट्याइएको छ । विकासका लागि राजनीति भन्ने नाराका साथ पश्चिम नवलपरासी १ बाट संघीय सांसद निर्वाचित चौधरीले आफ्नो क्षेत्रको विकासका लागि निरन्तर पहल गर्दै आएका छन् । उनले तीन तहकै सरकारसँग विकासका लागि आवश्यक पहल र समन्वयको काम गर्दै आएका छन् ।

विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन

SCROLL

प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ। 

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो। 

बजेटले पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका महत्त्वपूर्ण परियोजनामा बजेट विनियोजन गरिएको हो। 

एकीकृत बस्ती विकास (सुस्ता), सडक निर्माण, आपतकालीन आवास भवन र पार्क लगायतका पूर्वाधार सुधारका लागि १ करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ ।  

गरिब तथा विपन्न परिवारका लागि आवास सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका गरिब तथा विपन्न परिवारका लागि आवास पूर्वाधार निर्माणमा ३ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

सडक पूर्वाधार विकासतर्फ  बर्दघाट नगरपालिका वडा नं  ४ मा रहेको बिषय खोला दुवैतर्फ सडक स्तरोन्नतिका लागि ३ करोड, पोटाहादेखि पश्चिमतर्फ अन्नपूर्ण सिँचाइ बोरिङ हुँदै चौपत्ता पशु बजार त्रिवेणी जोड्ने सडक निर्माण (बर्दघाट नगरपालिका १४ र १५) का लागि ३ करोड, बर्दघाट टिसिएन  चोकदेखि जिमिरेभार हुँदै नारायणचोकसम्म ५ किलोमिटर सडक विस्तार तथा सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

बजेटमा सूर्यपुरादेखि भुजहवा जोड्ने बाटो स्तरोन्नति र कालोपत्रे (प्रतापपुर वडा नं  ७, सरावल वडा नं ७) का लागि ३ करोड, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका वडा नं. १ को सिमानादेखि सरावल सालवास, पथरहिया, सिमलटाडी र नयाँटोल हुँदै सुनवल वडा नं ११ जोड्ने सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ । 

पुल निर्माणतर्फ प्रतापपुरदेखि बेलाटारी जोड्ने ठूलो सडकमा पुल निर्माणका लागि ३ करोड, फडकी टोल बलिनगर डङेनमा पुल निर्माण (प्रतापपुर ८) का लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

सहरी विकास र सौन्दर्यीकरणतर्फ  बर्दघाटको नारायणचोक, गोपीगञ्ज, सेमरी, बेलाटारी, कुडियासम्मको बजार क्षेत्रमा १३ किलोमिटरको एक सय स्थानमा फ्लड लाइट, सडक पेटीमा वृक्षारोपण र सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ बिनियोजना गरिएको छ ।  यसमा बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालिका समेटिनेछन्। ।  

पर्यटन विकासतर्फ बाउन्न खोला सिमसार पर्यापर्यटन विकासका विभिन्न संरचना निर्माण (बर्दघाट १०) का लागि ३ करोड विनियोजन हुनुका साथै बर्दघाट नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्न ९ लाख रुपैयाँ छुट्ट्याइएको छ ।
विकासका लागि राजनीति भन्ने नाराका साथ पश्चिम नवलपरासी १ बाट संघीय सांसद निर्वाचित चौधरीले आफ्नो क्षेत्रको विकासका लागि निरन्तर पहल गर्दै आएका छन् ।  उनले तीन तहकै सरकारसँग विकासका लागि आवश्यक पहल र समन्वयको काम गर्दै आएका छन् ।

नेपालखबरमा प्रकाशित
लिङ्क: https://nepalkhabar.com/economy/239308-2025-6-6-12-53-55

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश
नेपाल।

फोन नं.+९७७-९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, बेलहानी,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७-९७०-७०९४०४१

सामाजिक संजाल