चुनावअघि नै वाचा पूरा गर्दै विनोद चौधरी, नवलपरासी १ मा पोलिटेक्निकसँगै उद्योग स्थापना

SCROLL

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ का जनतासँग गरेको वाचा निर्वाचन अगाडि नै पूरा गर्न थालेका छन् । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका चौधरीले स्थानीय जनताका समस्या समाधानका लागि चुनावअघि नै अग्रसरता लिएका हुन् ।

गत असोज २३ गते प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको १ महिनामै चौधरीले सो क्षेत्रका जनताले अनूभूति हुने काम गरिसकेका छन् । चौधरीले आर्थिक विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा रहेको बताउँदै आएका छन् । त्यसका लागि आफ्नो निर्वाचन क्षेत्रका युवाहरुलाई स्वरोजगार बनाउने र विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने घोषणा चौधरीले गरेका छन् । मत दिनुअघि नै मानक कामहरु गर्ने बताएका चौधरीको पहलमा सो क्षेत्रमा सीजी पोलिटेक्निक इन्स्टिच्यूट स्थापना भइसकेको छ । सो इन्स्टिच्यूटले स्थानीय युवाहरुलाई प्राविधक सीप र स्वरोजगारको अवसर प्रदान गर्नेछ ।
त्यस्तै नवलपरासी १ का किसानहरुको समस्या समाधान गर्ने चौधरीको घोषणा अनुसार नै सो क्षेत्रमा उद्योग स्थापना हुने भएको छ ।

केराखेतीमा संलग्न भएपनि उचित मूल्य र उपयुक्त बजारको अभाव झेलिरहेका नवलपरासी १ का किसानहरुले उत्पादन गरेको केराले अब उचिचत मूल्य पाउने भएका छन् । चौधरीको पहलमा सोही क्षेत्रको सुस्ता गाउँपालिकामा सीजी स्न्याक्स नामक केरामा आधारित उद्योग स्थापना हुने भएको छ । कम्पनी रजिष्टारमा दर्ता भइसकेको सो उद्योग लागि नवलपरासी १ को सुस्तामै ५ विगाहा जमीनमा अवस्थित रहनेछ । सधै सीमा समस्याका कारण चर्चामा आउने सुस्ता अब केरामा आधारित उद्योग, उत्पादन र अवसरका लागि पनि चर्चामा रहनेछ । आफ्नो क्षेत्रमा केरामा आधारित उद्योग स्थापना हुने भएपछि नवलपरासीका किसानहरु उत्साहित छन् । हाल सञ्चालनको तयारी तीव्र बनाइएको पोलिटेक्निक र उद्योग दुवैको कामले निर्वाचन लगत्तै अझ तीव्रता पाउने बताइएको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा नवलपरासी पुगेलगत्तै विनोद चौधरीले चुनावपछि जनताको काम गर्ने वाचा नगरी चुनाव अगाडि नै जनताको काम गर्ने प्रतिवद्धता गरेका थिए । सो क्षेत्रमा ५ पटक सम्म चुनाव जितेर बारम्बार मन्त्री भएका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीका कारण स्थानिय आजित छन् ।

अर्थपूर्णमा प्रकाशित
लिङ्क: https://arthapurna.com/news/21259/

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल