विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासीमा स्थापना गरे केराजन्य उद्योग

SCROLL

नवलपरासी। चौधरी ग्रुप (सिजी) ले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्न सिजी स्न्याक्स प्रालि स्थापनाको काम सुरु गरेको छ।

उद्योग स्थापना गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा उद्योग दर्ता भई सञ्चालन अनुमति लिएको हो। कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता नम्बर ३०१७०४/०७९/०८० छ। 

उद्योग स्थापना गर्न सिजीले पश्चिम नवलपरासी सुस्तागाउँपालिकामा करिब पाँच बिघा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ।

सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योग शिलान्यास गरी तत्काल निर्माण सुरु गर्ने तयारी गरेका थिए। तर, यस विषयलाई नवलपरासी–१ बाट उम्मेदवार रहेका जनता प्रगतिशिल पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेका छन्।

त्रिपाठीले यहाँ उद्योगको शिलान्यास गर्न नदिन प्रशासनसँग हारगुहार गरेका छन्। शिलान्यास गरिए त्यसमा अवरोध गर्ने र चुनाव बिथोल्नेसमेत धम्की दिएको प्रशासन स्रोतले जानकारी दिएको छ। 

उद्योग खोल्न अवरोध गरेर त्रिपाठीले आफ्नो विकास विरोधी चरित्रलाई थप उदांगो बनाएको स्थानीयको भनाइ छ। ‘उहाँले आफू पनि केही गर्नुभएन र अरूलाई पनि गर्न दिन्न भन्नु आपत्तिजनक छ,’ सुस्ता गाउँपालिका–४ का प्रमोद पाण्डेले,‘हामीलाई यहीँ रोजगारी पाउने वातावरण बनाउने राजनीति चाहिएको हो।’

यहाँ रोजगारको अवसर उपलब्ध नभएपछि लुम्बिनी प्रदेशमै यस क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन्। प्रतापपुर गाउँपालिका–७ का हरिजन चौधरी भन्छन्, ‘अहिले हरेक घरघरमा हेर्ने हो भने युवा सबै विदेश छन्। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी विदेश जानेमा यो जिल्ला नै पर्छ। यही उद्योग खुल्छ भने किन विरोध गर्ने? कि विरोध गर्नेले हामीलाई रोजगारीको व्यवस्था मिलाउनुपर्‍याे।’ 
 
सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योग विस्तार गर्ने काममा तत्काल अवरोध गरिए पनि निर्वाचनलगत्तै अगाडि बढाइने बताए। 

‘यस क्षेत्रलाई हामीले औद्योगिक पार्कका रूपमा विकास गर्नेछौं। यहाँ अन्य उद्योग पनि विस्तार हुँदै जानेछन्। जसका कारण धेरैभन्दा धेरै युवाका लागि रोजगारीका अवसर र किसानलाई उचित मूल्य पाउने वातावरण तयार हुनेछ।

क्यापिटल नेपाल मा प्रकाशित
लिङ्क: https://www.capitalnepal.com/detail/31174

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल