सुस्तामा ‘बर्थिङ सेन्टर’ सञ्चालन हुँदै

SCROLL

काठमाडौं । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।

बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाकातर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि जिल्लाको ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले सहज रुपमा गुणस्तरीय सेवा पाउने सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पुर्‍याउदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताउनुभयो ।

सुस्ता गाउँपालिका ५ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आउने भएको हो । प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ता गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने पकलीहवा क्षेत्रका महिलाहरुको अब स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।

नवलपरासी १ बाट निर्वाचित सांसद विनोद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएको हो । उहाँले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

सम्झौता अनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार गाउँपालिकाले प्रत्येक वडामा नियमित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने छ ।

सम्झौता कार्यान्वयनमा आएको मितिदेखि चौधरी फाउण्डेसन र सुस्ता गाउँपालिका दुबै बर्थिङ सेन्टरको स्तरोन्नति र सुदृढिकरणका लागि संयुक्त रुपमा काम गर्ने छन् ।

ईमेज खबरमा प्रकाशित
लिङ्क: https://www.imagekhabar.com/news/406421/

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल