मैले सधैं भन्ने गरेको छु— राजनीतिबाट म टाढा जान खोजे पनि राजनीति मबाट टाढा हुन सकेन । जीवनमा म कुनै न कुनै रूपमा राजनीतिमा जोडिइरहें, यसलाई अपनाइरहें । राजनीतिक सेवामार्फत म यो ऋण तिर्न चाहन्छु । समृद्ध नेपाल निर्माणका लागि मैले योगदान गर्न सकिन भने मेरो ऋण बाँकी नै रहनेछ ।

मिडिया कभरेज

विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन

विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन् । सोमबार नवलपरासीको सेमरीमा एक कार्यक्रमबीच उर्जामन्त्री खड्का

विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन नेपालखबर जेठ २३, २०८२ शुक्रबार १२:५३, काठमाडौँ 288 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsharethis sharing button प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो। बजेटले पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका महत्त्वपूर्ण परियोजनामा बजेट विनियोजन गरिएको हो। एकीकृत बस्ती विकास (सुस्ता), सडक निर्माण, आपतकालीन आवास भवन र पार्क लगायतका पूर्वाधार सुधारका लागि १ करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ । गरिब तथा विपन्न परिवारका लागि आवास सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका गरिब तथा विपन्न परिवारका लागि आवास पूर्वाधार निर्माणमा ३ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । सडक पूर्वाधार विकासतर्फ बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको बिषय खोला दुवैतर्फ सडक स्तरोन्नतिका लागि ३ करोड, पोटाहादेखि पश्चिमतर्फ अन्नपूर्ण सिँचाइ बोरिङ हुँदै चौपत्ता पशु बजार त्रिवेणी जोड्ने सडक निर्माण (बर्दघाट नगरपालिका १४ र १५) का लागि ३ करोड, बर्दघाट टिसिएन चोकदेखि जिमिरेभार हुँदै नारायणचोकसम्म ५ किलोमिटर सडक विस्तार तथा सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ । बजेटमा सूर्यपुरादेखि भुजहवा जोड्ने बाटो स्तरोन्नति र कालोपत्रे (प्रतापपुर वडा नं ७, सरावल वडा नं ७) का लागि ३ करोड, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका वडा नं. १ को सिमानादेखि सरावल सालवास, पथरहिया, सिमलटाडी र नयाँटोल हुँदै सुनवल वडा नं ११ जोड्ने सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ । पुल निर्माणतर्फ प्रतापपुरदेखि बेलाटारी जोड्ने ठूलो सडकमा पुल निर्माणका लागि ३ करोड, फडकी टोल बलिनगर डङेनमा पुल निर्माण (प्रतापपुर ८) का लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ । सहरी विकास र सौन्दर्यीकरणतर्फ बर्दघाटको नारायणचोक, गोपीगञ्ज, सेमरी, बेलाटारी, कुडियासम्मको बजार क्षेत्रमा १३ किलोमिटरको एक सय स्थानमा फ्लड लाइट, सडक पेटीमा वृक्षारोपण र सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ बिनियोजना गरिएको छ । यसमा बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालिका समेटिनेछन्। । पर्यटन विकासतर्फ बाउन्न खोला सिमसार पर्यापर्यटन विकासका विभिन्न संरचना निर्माण (बर्दघाट १०) का लागि ३ करोड विनियोजन हुनुका साथै बर्दघाट नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्न ९ लाख रुपैयाँ छुट्ट्याइएको छ । विकासका लागि राजनीति भन्ने नाराका साथ पश्चिम नवलपरासी १ बाट संघीय सांसद निर्वाचित चौधरीले आफ्नो क्षेत्रको विकासका लागि निरन्तर पहल गर्दै आएका छन् । उनले तीन तहकै सरकारसँग विकासका लागि आवश्यक पहल र समन्वयको काम गर्दै आएका छन् ।

विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन

प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ।  आगामी आर्थिक वर्ष २०८२/०८३

धुलिखेल अस्पतालको टोली लिएर चौपत्ता अस्पताल पुगे सांसद विनोद चौधरी

धुलिखेल अस्पतालको टोली लिएर चौपत्ता अस्पताल पुगे सांसद विनोद चौधरी 

नवलपरासी । नेपालकै ख्यातिप्राप्त धुलिखेल अस्पतालको टोली लिएर सांसद विनोद चौधरीले पश्चिम नवलपरासीमा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल)को अवलोकन गरेका छन् । चौपता

उन्नति कल्चरल भिलेजमा थारु सांस्कृतिक प्रदर्शनी (तस्बिरहरु)

२०८१ चैत ७ गते १८:१७ बर्दघाट। उन्नति कल्चरल भिलेज बर्दघाट-७ वेलहानीमा बिहिबार छुट्टै रौनक छायो । पश्चिम नवलपरासीका थारु समुदायको विशेष सहभागितामा यहाँ थारु

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई विनोद चौधरीको सुझाव

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई विनोद चौधरीको सुझाव

डलर अर्बपति उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन्।  आज प्रदेश राजधानी देउखुरीमा

चौधरी फाउण्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । प्रतापपुरको वार्ड न ९ मा पर्ने प्रतापपुर गाउँमा करिब

ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो

नवलपरासीमा ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो, ‘राजनीतिलाई विकाससँग जोड्ने अभियानको थालनी: चौधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले राजनीतिलाई विकाससँग जोड्नु पर्ने बताएका छन् । चौधरीको निर्वाचन क्षेत्र नवलपरासीमा ट्रमा सेन्टरको काम अघि

भोटको राजनीति नगरौं,

विकासमा भोटको राजनीति नगरौं, चुनावमा गरौंला: विनोद चौधरी

बर्दघाट: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केहि व्यक्तिहरुको निरन्तर अवरोधका बाबजुत ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।

ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो

बर्दघाटमा ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान, विनोद चौधरीको प्रतिबद्धता पूरा हुँदै

काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले

नवलपरासीको विकासकाबारे स्थानीयसँग संवाद गर्दै

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तरक्रिया गरेका छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् ।
सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । “हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,” उनले भने, “तपाई सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।”

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा मेराे प्रतिबद्धता

आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। यस निर्वाचनमा नेपाली कांग्रेसले यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ उम्मेदवार बन्ने अवसर प्रदान गरेकोले मैले उम्मेदवारी दर्ता गरेको छु। निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा लिई सक्रियतापूर्वक सहभागी भई मतदान गर्नुहुन सम्पूर्ण मतदाताज्यूहरुमा म विनम्रतापूर्वक अनुरोध गर्दछु । नवलपरासी (ब.सु.प.) १ मेरा लागि अपरिचित ठाउँ होइन । चार दशकभन्दा लामो समयदेखि यस जिल्लासँग प्रत्यक्षरुपमा जोडिएर काम गर्दै आएको छु । यसपटक भने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा यस क्षेत्रको समग्र विकास र समृद्धिको योजनासहित यहाँहरुसमक्ष उपस्थित भएको छु ।

श्रव्य / दृश्य

आर्थिक वर्ष २०८२।०८३को बजेटमाथि माननीय विनोद चौधरीले दिनु भएको प्रतिक्रिया

Load More

ब्लग

मेरा तीन कथा

मेरा तीन कथा

आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु । पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको, चीनको दक्षिण पूर्बी...

Read More
आर्थिक समृद्धिको ‘लङ रेस’

आर्थिक समृद्धिको ‘लङ रेस’

देशमा फेरि एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिर चलेको महसुस भएको छ। २०४८ को आम निर्वाचनपश्चात् देशमा...

Read More
बहसमा हैन, काममा जुटौँ

बहसमा हैन, काममा जुटौँ

वैशाख १२, २०७२ दिउँसो ११:५६ बजे । विनाशकारी भूकम्प जाँदा म चितवन राष्ट्रिय निकुञ्जसँगै मेघौलीमा निर्माणाधीन रिसोर्टको निरीक्षण गर्दै थिएँ...

Read More

संगीत

मेरो जीवनलाई बुभने हो भने...
माया जिन्दगीको..
एकै नजरमा..
एउटा निभ्न लागेको....
मेरा लाख लाख...
आऊ बस मेरो...
मेरो जीवनलाई.....
प्रतीक्षाका पलहरू....
सामाजिक संजाल