नेपाल विजनेश समिट २०२३ मा
मैले दिएकाे मन्तब्य

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू
माननीय अर्थमन्त्री डा. प्रकाशसरण महतज्यू
माननीय उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालज्यू
Her Excellency Nona Deprez, Ambassador, European Union Delegation to Nepal
Mr Qamar Saleem, Advisor to Asia Pacific Vice President, IFC, The World Bank Group
सिविफिनका अध्यक्ष पवन गोल्यानज्यू
नेपाल विजनेश इन्टिच्यूटका अध्यक्ष विशाल गैरेज्यू
निजी क्षेत्रका पदाधिकारीज्यूहरू
पत्रकार मित्रहरू
भद्र महिला तथा सञ्ञन वृन्द

निर्यातमुखि जलविद्युत् परियोजना : जलस्रोतका विभिन्न निर्यातमुखि परियोजनाहरूमा भएका संझौता, पिडिएहरू सकारात्मक छन् । पाइपलाईनमा रहेका/बन्दै गरेका यी परियोजनाहरूमा लिइएका पहल सकारात्मक छन् । नेपाल विद्युत् आयात गर्ने देशबाट निर्यात गर्ने देशमा परिणत भएकोमा सेलेब्रेट गर्दै हामीले निर्यातलाई उच्चतम विन्दूमा पुर्याउन सक्नुपर्छ । भारतले १२५०० मेगावाट विजुली आयात गर्न चाहेको पृष्ठभुममिा त्यो अवसरलाई हामीले गुमाएनौँ भने राम्रो हुनेछ । देशभित्र हाल पाईपलाईनमा रहेका ११३९२ मेगावाटका जलविद्युत् परियोजनामध्ये १५०० मेगावाटको मात्र पिपिए खुला गरिएकोमा सम्भावित परियोजनाहरु सबैको पिपिए खुला गरि लगानीको वातावरण तयार गर्न सकिन्छ । सयमसिमामा रहि जलस्रोतको उपयोग गर्न सकियो भने यो क्षेत्र हाम्रो अर्थतन्त्रमा चाँदीको घेरा सावित हुनेछ ।

रेमिटयान्सको उत्पादनमुखि क्षेत्रमा लगानी : हाम्रो आन्तरिक समस्याकावीच रेमिटयान्स आप्रवाहमा आएको सुधारले हामीलाई राहत दिएको छ । चालू आर्थिक बर्षको ८ महिनामा रेमिटयान्स आप्रवाहमा २५ प्रतिशतभन्दा बढिले बृद्धि भएको छ । यसरी प्राप्त रेमिटयान्सलाई हामीले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनसक्नुपर्छ जसले हाम्रो अर्थतन्त्रमा दिगो योगदान पुग्नेछ । मलेसिया र खाडीमा बसेर देशका लागि योगदान गर्ने युवाहरूलाई देशमा फर्किदा उद्यमशिल बनाउनुपर्छ भन्ने सोंचलाई व्यवहारमा उतार्नुपर्छ ।

अन्तराष्ट्रिय विमानस्थलको उपयोग : हामीले पोखरा र भैरहवामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल त निर्माण ग¥यौँ । तर, यि विमानस्थल बनाईरहदा यिनको उपयोग कसरी गर्ने भनेर योजना बनाउन सकेनौँ । फलतः अहिले यि दुवै एयरपोर्ट रित्तै बसेका छन् । यहि अवस्थामा बसिरहने वा हाम्रा एयरपोर्टहरुलाई गुल्जार बनाउने ? एयरपोर्टहरुलाई गुल्जार बनाउन एयरपोर्ट व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अनुभव बोकेका सस्थाहरूलाई संलग्न गराउनुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो क्षमता करिब तेब्बरले बढेको छ तर टुरिष्ट आगमन भने सन् २०१९ जति पनि पुग्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ वटा बे बाट अहिले १३ वटामा विस्तार भएको छ । पोखरा र भैरहवा विमानस्थलमा त्यतिकै क्षमता छ । तर, एयरलाईन्सको आगमन भने बढाउन सकिएको छैन जसका कारण पर्यटक आगमनमा शिथिलता कायमै छ । हामीले पहिलो चरणमा ३५ लाख हुदै आगामी पाँच बर्षभित्र बार्षिक ५० लाख पर्यटक नेपाल भित्रयाउन सक्ने गरि काम अगाडि बढाउन आवस्यक छ ।

छिमेकमा रहेको अवसर : हाम्रा दुई छिमेकी राष्ट्रहरू चिन र भारत विश्वका शक्तिशाली अर्थतन्त्र बनिरहेका छन् । यि विश्वकै लागि ठूला बजार हुन् भने नेपालका लागि नहुने त कुरै रहेन । तर, यि विशाल बजारमा हामीले के गर्न सक्छौँ भन्ने सोंच भने हामीसँग हुनुपर्छ । यी ‘फयाक्ट्री अफ दि वल्र्ड’ सँग हाम्रा औद्योगिक उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो छ भन्ने हामीले बुझ्नुपर्छ । त्यसैले हाम्रो फोकस वस्तुको सट्टा पर्यटन, पावर ट्रेड, हाईभ्यालु मेडिसनल हब्र्स, सिमेन्ट लगायत मिनरल्समा हुनुपर्छ । यस दिशामा काम गर्न सक्यौँ भने यि विशाल बजारलाई हामीले उपयोग गर्न सक्छौँ ।

पाईपलाइनमा रहेका मेघा प्रोजेक्टलाई अगाडि बढाऔँ : मलाई थाहा छ, केही यस्ता मेघा प्रोजेक्टहरू पाईपलाईनमा रहेका छन् जसलाई हामीले यथाशक्य स्विकृती दिएर अगाडि बढाउन सक्छौँ । जस्तो कर्णाली वेसिन, ग्यास पाईपलाईन, रासायनिक मल, क्रिप्टो, पूर्व–पश्चिम रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, विभिन्न हाईवेहरु, टनेल्स लगायतका परियोजनाहरू ।

सामाजिक संजाल