बर्दघाटमा लालपुर्जा वितरण गर्दै सांसद चौधरीले भने- विकास अब वाचा होइन, कार्यान्वयन हो
सांसद चौधरीले भने- लालपुर्जा जग्गा धनीको प्रमाणपत्र मात्र होइन, आत्मबलको कागजात २०८२ साउन १६ गते नवलपरासी । प्रतिनिधिसभाका सांसद विनोद चौधरीले नवलपरासीको बर्दघाटमा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरेका छन् । शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको उनले बताएका छन् । […]


