मैले सधैं भन्ने गरेको छु— राजनीतिबाट म टाढा जान खोजे पनि राजनीति मबाट टाढा हुन सकेन । जीवनमा म कुनै न कुनै रूपमा राजनीतिमा जोडिइरहें, यसलाई अपनाइरहें । राजनीतिक सेवामार्फत म यो ऋण तिर्न चाहन्छु । समृद्ध नेपाल निर्माणका लागि मैले योगदान गर्न सकिन भने मेरो ऋण बाँकी नै रहनेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८३
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
देशमा गत २०८२ भदौ २३ र २४ गतेको अकल्पनीय, अप्रत्यासित तथा अत्यन्तै दुःखदायी घटना र परिघटना पश्चात् बदलिएको विषम राजनीतिक परिवेशका बीच २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदै छ । नेपालको संविधान २०७२ ले अंगीकार गरेको "संघीय लोकतान्त्रिक गणतन्त्र" को रक्षा र लिक बाहिर पुगेको संवैधानिक मूल्य-मान्यतालाई पुनः लिकमा ल्याउनका लागि पनि भयरहित र शान्तिपूर्ण वातावरणमा यो निर्वाचन सम्पन्न हुन अपरिहार्य छ त्यसैले, सो दिन आ-आफ्नो मतदान केन्द्रमा उपस्थित भई आफ्नो अमूल्य मतको सदुपयोग गर्नुहुन हार्दिक अपिल गर्दछौँ ।
प्रतिबद्धता र तीन वर्षमा प्राप्त उपलब्धि
आदरणीय बुबा, आमा, दाजुभाइ तथा दिदी, बहिनीहरू, म विनोद चौधरीका तर्फबाट जय नेपालको न्यानो अभिवादन
लोकतन्त्रप्रतिको यहाँहरूको अटल विश्वास र प्रतिबद्धताका कारण २०७९ को आमनिर्वाचनमा नवलपरासी (बसुप) क्षेत्र नं.-१ बाट प्रतिनिधिसभा सदस्य पदमा मलाई अत्यधिक बहुमतका साथ विजयी बनाउनु भएको गौरवपूर्ण इतिहास कायम गर्नुभएको सगौरव स्मरण गर्दै यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण तीन वर्षमै पुनः आमनिर्वाचन गर्नुपरेको छ । देशमा सुशासन स्थापना गर्न भ्रष्टाचार निर्मूल गर्न र आम नागरिकलाई सहज रूपमा सर्भिस डेलिभरी हुनुपर्ने मुख्य मागसहित हाम्रा जे नजीहरूले गरेको आन्दोलन वास्तवमै यो देशका लागि आवश्यक थियो । जेनजीको भावनाअनुसार नेपाली कांग्रेसले विशेष महाधिवे शन गरी युवा नेता गगन थापाको नेतृत्वमा पार्टीको रुपान्तरण गरिसकेको छ । नेपाली कांग्रेस गगन थापालाई आगामी सरकार को प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको छ । हामीले विगतका कमजोरीलाई सच्याउँदै आर्थिक विकासको एजेन्डालाई केन्द्रमा राखेर काम गर्नेछौं ।
श्रव्य / दृश्य
दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न हामी सक्षम छौँ
active
दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न हामी सक्षम छौँ
active
बाफियाबारे अर्थसमितिमा मैले राखेको धारणा 2082
active
आर्थिक वर्ष २०८२।०८३को बजेटमाथि माननीय विनोद चौधरीले दिनु भएको प्रतिक्रिया
active
प्रतिनिधिसभाको विशेष समयमा देशको अर्थराजनीति, आगामी वर्षको नीति तथा कार्यक्रम एबं बजेटका सेरोफेरोमा
active
Kantipur Conclave Policy and Prosperity
active
HOTELIER SUMMIT 2024
active
Nepal Infrastructure Summit 2024
active
Nepal Youth Summit 2024
Load More
Work
पुस्तकहरू प्रकाशन
प्रकाशित
पुस्तकहरू
प्रकाशित
पुस्तकहरू
ब्लग
मेरा तीन कथा
आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु । पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको, चीनको दक्षिण पूर्बी...
Read Moreआर्थिक समृद्धिको ‘लङ रेस’
देशमा फेरि एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिर चलेको महसुस भएको छ। २०४८ को आम निर्वाचनपश्चात् देशमा...
Read Moreबहसमा हैन, काममा जुटौँ
वैशाख १२, २०७२ दिउँसो ११:५६ बजे । विनाशकारी भूकम्प जाँदा म चितवन राष्ट्रिय निकुञ्जसँगै मेघौलीमा निर्माणाधीन रिसोर्टको निरीक्षण गर्दै थिएँ...
Read Moreसंगीत
मेरो जीवनलाई बुभने हो भने...
माया जिन्दगीको..
एकै नजरमा..
एउटा निभ्न लागेको....
मेरा लाख लाख...
आऊ बस मेरो...
मेरो जीवनलाई.....
प्रतीक्षाका पलहरू....





























