निर्वाचन प्रतिबद्धता पत्र

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ काे
प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा मेराे प्रतिबद्धता

आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु,

२०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। यस निर्वाचनमा नेपाली कांग्रेसले यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ उम्मेदवार बन्ने अवसर प्रदान गरेकोले मैले उम्मेदवारी दर्ता गरेको छु। निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा लिई सक्रियतापूर्वक सहभागी भई मतदान गर्नुहुन सम्पूर्ण मतदाताज्यूहरुमा म विनम्रतापूर्वक अनुरोध गर्दछु । नवलपरासी (ब.सु.प.) १ मेरा लागि अपरिचित ठाउँ होइन । चार दशकभन्दा लामो समयदेखि यस जिल्लासँग प्रत्यक्षरुपमा जोडिएर काम गर्दै आएको छु । यसपटक भने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा यस क्षेत्रको समग्र विकास र समृद्धिको योजनासहित यहाँहरुसमक्ष उपस्थित भएको छु ।

छिमेकी जिल्लाहरुको तुलनामा यो क्षेत्र विकास र समृद्धिको दृष्टिकोणले पछि परेको तथ्य छर्लङ्ग छ । विकास र समृद्धिका दृष्टिकोणले यस क्षेत्र ३० वर्ष पछाडि परेको अनुभव हामी सबैले गरेकै छौं । अब हामी यहि नियति दोहोऱ्याउने वा यस क्षेत्रमा विकासको गतिलाई तीव्र बनाउने भन्ने निर्णायक घडीमा छौं । यहाँहरु समक्ष मेरो अनुरोध छ, अब हामी विकास, समृद्धि र सामाजिक परिवर्तनको बाटोमा हिड्नुपर्छ । यही एजेण्डाका साथ म तपाईहरुका बीचमा आएको छु ।

पटकपटक व्यवस्था फेरिएपनि विडम्बनाबाट यस क्षेत्रलाई मुक्त गर्दै सुनौलो भविष्यतर्फ अग्रसर गराउन मैले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरुसँग आवश्यक समन्वय गरी काम गर्ने प्रण गर्दछु । समृद्ध नवलपरासीको हाम्रो सपना पूरा गर्नका लागि रुख चिन्हमा मतदान गरी अत्याधिक मतले मलाई विजयी गराइदिन हुन विनम्र अनुरोध गर्दछु। यहाँको अमूल्य मत खेर जान नदिने प्रण गर्दछु ।

मेरा प्रतिबद्धताहरु

सामाजिक संजाल