cgcorpglobalcm

Author Archives

SCROLL

जनस्वास्थ्य सेवामा समर्पित बनेका विनोद चौधरी

वीर अस्पतालमा आइसियू, कान्ति बाल अस्पतालको इमेर्जेन्सी वार्ड, कोभिडबाट जनतालाई सुरक्षित बनाउन गरेको पहल र कृतिम हातखुट्टा व्यवस्थापन जस्ता कार्यक्रमले विनोद चौधरीलाई दक्षिण एसियाको अग्रणी समाजसेवीमा रुपमा स्थापित गरेको छ । कोरोनाको माहामारी चल्दै थियो । पुरै विश्वमा झैं नेपालमा पनि संक्रमितहरूको संख्या ह्वात्तै वृद्धि भइरहेको थियो । हरेक दिन सार्वजनिक हुने नयाँ तथ्याङ्कले अघिल्लो […]

बर्दघाटमा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४, १५ र १६ का महिलाहरूलाई लक्षित गरी आयोजित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । चेतना महिला सहकारी संस्था आयोजक यसैगरी चौधरी फाउण्डेशन र बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४ १६को संयुक्त सहयोगमा उक्त तालिमबाट तीन वटा वडाका १७० जना महिलाहरू लाभान्वित भएका छन् । […]

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा

पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा, धर्मौली लगायतका स्थानका […]

विनोद चौधरीले बनाएको नाम्डोललिङको नमुना बस्ती

काठमाडौँ । २०७२ साल वैशाख १२ को महाभूकम्पले सिन्धुपाल्चोकको नाम्डोललिङ बस्ती पूरै ढल्यो । महाभूकम्पले सबैको घर त भत्काइदियो नै मानवीय रूपमा समेत ठुलो क्षति पुग्यो ।  ६२ परिवारका करिब ३ सय मानिस ओतविहीन बने । तत्कालको आपत् टार्न उनीहरूले अस्थायी छाप्रो बनाए । कतिले जस्ता पाता बेरेर बनाइएको सानो आवासमा खुट्टा खुम्च्याएर कैयौँ रात […]

निर्वाचनका वेला गरेका वाचा पूरा गर्न क्रियाशील छौँ : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका वेला जनतासँग गरेका वाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन्। नवलपरासी–१ बाट निर्वाचित चौधरीले चुनाव सम्पन्न भएको एक महिनामै प्रतिबद्धता पूरा गर्न कामको सुरुवात भइसकेको बताएका हुन्। शनिबार बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘चुनावका वेला नेता–कार्यकर्ता र जनतासँग यो […]

भुमी आयोगले बर्दघाटबाट सुरु गर्‍यो जग्गा नापजाँच

नवलपरासी । राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले बर्दघाट नगरपालिकाबाट जग्गाको नापजाँच सुरु गरेको छ। आयोगले जिल्लाका सात वटा स्थानीय तह मध्ये बर्दघाटको वडा नम्बर ७ बाट काम सुरु गरेको हो ।बर्दघाट र सुनवल नगरपालिकाले मात्र हालसम्म भूमिहीन सुकुम्वासीहरूको विवरण सङ्कलन गरेका छन्। बर्दघाट नगरपालिकामा भूमिहीन दलित ८०४,भूमिहीन सुकुम्वासी १३९६ र अव्यवस्थित वसोवासी को सङ्ख्या ४९४५ गरि […]

नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले गरे १५ आयोजना प्रस्ताव

१३ माघ, बर्दघाट । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीले जिल्लाकै समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरु प्रस्ताव गरेका हुन् । सांसद चौधरीले समग्र जिल्लाको विकास र समृद्धि आफ्नो सरोकार भएको […]

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आउने

नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाकातर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे […]

सुस्तामा ‘बर्थिङ सेन्टर’ सञ्चालन हुँदै

काठमाडौं । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाकातर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । […]

चुनावी प्रतिबद्धतालाई पूरा गर्दै विनोद चौधरी, दर्ता भयो पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग

काठमाण्डौ । पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्न चौधरी ग्रुपले प्रक्रिया बढाएको छ।  चौधरी ग्रुपले सीजी स्न्याक्स प्रालि नामक उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको हो। यसका लागि चौधरी ग्रुपले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर उद्योग सञ्चालन अनुमति लिएको छ।  चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब ५ बिघा […]

सामाजिक संजाल