Choudhary Foundation and Strong Nepal Organization have start

चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ ।

SCROLL

नवलपरासी । चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ । महिला उद्यमी , वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तिकरणको लागि पाँच दिने तालिम बर्दघाट -७ मा सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपूर्ण हुने हुदा तालिम पश्चात् शिपको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।प्रमाणपत्र पत्र मात्रै नभएर जिविकोपार्जनका लागि सीप महत्वपूर्ण कुरा हुने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।

No description available.

मुलत महिलाहरूलाई उद्यमशिलता सग जोड्नका निम्ति तालिमको आयोजना गरिएको चौधरी फाउन्डेसनका प्रोजेक्ट म्यानेजर बिकास देउजाले जानकारी दिनुभयो । स्थानिय स्तरमा उत्पादन हुने पौष्टिक खाद्य बस्तुलाई नै प्रयोग गरि पोषिलो आहार बनाई ब्यवसायिकता सग जोड्नु कार्यक्रमको मुल उदेश्य रहेको बलियो नेपाल सस्थाले जनाएको छ । मुलतः कोदोको केक,कोदोको हलुवा,मस्यौरा,बाल आहार,चिप्स जस्ता पौष्टिक आहार बनाउन सहभागीहरुलाई ५ दिन सम्म तालिम दिईने आयोजकको भनाई छ ।तालिममा २६ जना महिलाहरूको सहभागीता रहेको छ।

खुलापाना प्रकाशित
लिङ्क: https://khulapana.com/archives/482

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल