मेरो निर्वाचन क्षेत्र

Categories Archives

SCROLL

विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन् । सोमबार नवलपरासीको सेमरीमा एक कार्यक्रमबीच उर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रूपमा सेटिलिङ बेसिनको उद्घाटन गरेका हुन् । अब यो नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । २०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता आठ हजार ७०० […]

विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन

प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ।  आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो।  बजेटले पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका महत्त्वपूर्ण परियोजनामा बजेट विनियोजन […]

धुलिखेल अस्पतालको टोली लिएर चौपत्ता अस्पताल पुगे सांसद विनोद चौधरी 

नवलपरासी । नेपालकै ख्यातिप्राप्त धुलिखेल अस्पतालको टोली लिएर सांसद विनोद चौधरीले पश्चिम नवलपरासीमा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल)को अवलोकन गरेका छन् । चौपता अस्पताललाइ धुलिखेल अस्पतालको आउटरिच अस्पतालका रूपमा सन्चालन गर्ने उद्देश्यका साथ सांसद चौधरीले यस्तो पहल गरेका हुन् ।  बर्दघाट नगरपालिकाको वडा नं. १४ मा रहेको अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय र व्यवस्थित बनाउन […]

उन्नति कल्चरल भिलेजमा थारु सांस्कृतिक प्रदर्शनी (तस्बिरहरु)

२०८१ चैत ७ गते १८:१७ बर्दघाट। उन्नति कल्चरल भिलेज बर्दघाट-७ वेलहानीमा बिहिबार छुट्टै रौनक छायो । पश्चिम नवलपरासीका थारु समुदायको विशेष सहभागितामा यहाँ थारु सांस्कृतिक प्रदर्शनी आयोजना गरिएको थियो । थारु समुदायको बाहुल्य रहेको पश्चिम नवलपरासीमा उक्त सांस्कृतिक प्रदर्शनीले छुट्टै अर्थ राखेको थियो । थारु समुदायको समृद्ध संस्कृति, परम्परा, भेषभूषा, नृत्य, हस्तकला तथा खानपानको विविधता […]

नवलपरासीमा ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो, ‘राजनीतिलाई विकाससँग जोड्ने अभियानको थालनी: चौधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले राजनीतिलाई विकाससँग जोड्नु पर्ने बताएका छन् । चौधरीको निर्वाचन क्षेत्र नवलपरासीमा ट्रमा सेन्टरको काम अघि बढेको भन्दै उनले यस्तो कार्यलाई कसैले राेक्न नसक्ने बताए । काठमाडौं बाहिरको पहिलो ट्रमा सेन्टर रुपमा आफूले अघि बढाउन पाएको भन्दै उनले खुसी व्यक्त गर्दै राजनीतिलाई विकाससँग जोड्ने अभियानलाई सबै मिलेर […]

विकासमा भोटको राजनीति नगरौं, चुनावमा गरौंला: विनोद चौधरी

बर्दघाट: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केहि व्यक्तिहरुको निरन्तर अवरोधका बाबजुत ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् । सोमबार नवलपरासीको बर्दघाटस्थित चिसापानी अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा उनले विकासमा अवरोध गर्ने व्यक्तिहरुको अनुहार चिन्न स्थानीयलाई आग्रह गरे । काठमाडौं पछि बर्दघाटमा ट्रमा सेन्टर निर्माण भइरहेको भन्दै सांसद चौधरीले यो क्षेत्रलाई […]

बर्दघाटमा ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान, विनोद चौधरीको प्रतिबद्धता पूरा हुँदै

काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले मङ्गलवार ठेक्का आह्वान गरेको हो । १५ करोड बजेट लागतको बहु वर्षीय ठेक्का अन्तर्गत सघन सहरी तथा भवन निर्माण योजना, चितवनले टेन्डर खोलेको हो । नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य […]

सांसद विनोद चौधरीको पहलमा नवलपरासीका उखु किसानले पाए अनुदान रकम

नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा जिल्लाका उखु किसानले अनुदान रकम पाएका छन् । सांसद चौधरीले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्दै आएका थिए । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद चौधरीको पहलका […]

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

नवलपरासी , २ मंसीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ । नवलपरासीका थारु अगुवा समुदायसंग आज नवलपरासीमा आयोजीत छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो बताउनुभएको हो ।नेपालको हरेक परिवर्तनमा ईतिहासदेखि बर्तमान अवस्थासम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दै सांसद चौधरीले […]

चौधरी फाउण्डेनद्वारा राहतसँगै ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय

काठमाडौँ । चौधरी फाउन्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको छ । फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरिरहेको हो ।  चौधरी फाउन्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याएको छ । फाउन्डेसनले तत्कालको राहत व्यवस्थापन सँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि […]

सामाजिक संजाल