मिडिया कभरेज

Categories Archives

SCROLL

उखु किसानको अनुदान कटौती नगर्न सांसद विनोद चौधरीको ध्यानाकर्षण

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् । सांसद चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् । सरकारले उखु किसानलाई उपलब्ध गराउदै आएको अनुदान प्रति किविन्टल ७० […]

बर्दघाटमा लालपुर्जा वितरण गर्दै सांसद चौधरीले भने- विकास अब वाचा होइन, कार्यान्वयन हो

सांसद चौधरीले भने- लालपुर्जा जग्गा धनीको प्रमाणपत्र मात्र होइन, आत्मबलको कागजात २०८२ साउन १६ गते नवलपरासी । प्रतिनिधिसभाका सांसद विनोद चौधरीले नवलपरासीको बर्दघाटमा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरेका छन् । शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको उनले बताएका छन् । […]

जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ : सांसद चौधरी

काठमाडौँ,  असार २३ गते । प्रतिष्ठित उद्योगीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यकता औँल्याउनुभएको छ । उहाँले विप्रेषण हेरेर खुसी हुने होइन, आन्तरिक अर्थतन्त्र बलियो बनाउनेतर्फ सामूहिक प्रयासको जरुरी रहेको बताउनुभयो ।  सांसद चौधरीले भन्नुभयो, “सरकारी संयन्त्र परिणामभन्दा बढी प्रक्रियामुखी छ, नीतिगत अस्पष्टता देखाएर काम नगर्ने प्रवृत्ति बढिरहको […]

विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन् । सोमबार नवलपरासीको सेमरीमा एक कार्यक्रमबीच उर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रूपमा सेटिलिङ बेसिनको उद्घाटन गरेका हुन् । अब यो नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । २०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता आठ हजार ७०० […]

विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन

प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ।  आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो।  बजेटले पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका महत्त्वपूर्ण परियोजनामा बजेट विनियोजन […]

धुलिखेल अस्पतालको टोली लिएर चौपत्ता अस्पताल पुगे सांसद विनोद चौधरी 

नवलपरासी । नेपालकै ख्यातिप्राप्त धुलिखेल अस्पतालको टोली लिएर सांसद विनोद चौधरीले पश्चिम नवलपरासीमा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल)को अवलोकन गरेका छन् । चौपता अस्पताललाइ धुलिखेल अस्पतालको आउटरिच अस्पतालका रूपमा सन्चालन गर्ने उद्देश्यका साथ सांसद चौधरीले यस्तो पहल गरेका हुन् ।  बर्दघाट नगरपालिकाको वडा नं. १४ मा रहेको अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय र व्यवस्थित बनाउन […]

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। उखुको मूल्य तोक्न सरकारले ढिलाइ गर्दा किसान मर्कामा परेको उनले बताए। सांसद चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई पत्र बुझाउँदै उखुको समर्थन मूल्य छिटो तोक्न आग्रह गरेका हुन्। ‘मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ […]

युवा र सन्ततिको भविष्य सुरक्षित बनाउने संकल्पसहित राजनीतिमा आएको हुँ : विनोद चौधरी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यही देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् । ‘युवाहरूको भविष्य यही देशमा सुरक्षित छ र उनीहरूका सन्ततिको भविष्य यही देशमा उज्ज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु’, […]

सांसद विनोद चौधरीको पहलमा नवलपरासीका उखु किसानले पाए अनुदान रकम

नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा जिल्लाका उखु किसानले अनुदान रकम पाएका छन् । सांसद चौधरीले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्दै आएका थिए । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद चौधरीको पहलका […]

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

नवलपरासी , २ मंसीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ । नवलपरासीका थारु अगुवा समुदायसंग आज नवलपरासीमा आयोजीत छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो बताउनुभएको हो ।नेपालको हरेक परिवर्तनमा ईतिहासदेखि बर्तमान अवस्थासम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दै सांसद चौधरीले […]

1 2 3 4
सामाजिक संजाल