एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

SCROLL

नवीन पौडेल

(परासी) — चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक विजेता श्रीजनाकुमारी थारु गृह जिल्ला पश्चिम नवलपरासीमा सम्मानित भएकी छन् । सोमबार जिल्लाको बर्दघाटमा आयोजित एक कार्यक्रममा कबड्डी टीमकी राष्ट्रिय खेलाडी थारुलाई सम्मान गरिएको हो ।

महिला कबड्डी टीमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेको हो । चौधरीलाई पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद विनोद चौधरीले सम्मानित गरेका हुन्।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. २ प्रसौनी निवासी थारुलाई सांसद चौधरीले सम्मान गर्दै खेल जीवनको सफलताको शुभकामना दिए । खेलमार्फत् नवलपरासी जिल्लालाई मात्रै नभएर सिंगो लुम्बिनीको प्रतिनिधित्व गर्दै नेपालकै नाम राख्न सफल भएकोमा खेलाडी थारुलाई सम्मान र हौसला प्रदान गरिएको चौधरीले बताए ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी थारुले गृह जिल्लामा खेलाडीलाई सम्झेर हौसला प्रदान गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप मेहेनत गरेर देशको नाम राख्ने बताइन् ।

इ कान्तिपुरमा प्रकाशित
लिङ्क: https://ekantipur.com/sports/2023/10/16/chaudhary-honored-for-winning-a-medal-in-the-asian-games-58-07.html

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल