मिडिया कभरेज

Categories Archives

SCROLL

चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु

बुटवल ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्रमार्फत कृत्रिम हातखुट्टा  प्रदान गर्ने कार्यक्रम सुरु भएको हो ।  प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आज अस्पतालमा सबल केन्द्रको उद्घाटन गर्दे  चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा […]

एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

नवीन पौडेल (परासी) — चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक विजेता श्रीजनाकुमारी थारु गृह जिल्ला पश्चिम नवलपरासीमा सम्मानित भएकी छन् । सोमबार जिल्लाको बर्दघाटमा आयोजित एक कार्यक्रममा कबड्डी टीमकी राष्ट्रिय खेलाडी थारुलाई सम्मान गरिएको हो । महिला कबड्डी टीमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेको हो । चौधरीलाई पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद […]

१० वर्षमा देशलाई कहाँ पुर्‍याउने, कांग्रेसले आर्थिक विकासको स्पष्ट खाका ल्याउनुपर्छ : विनोद चौधरी

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे। ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो? हाम्रो विकासको खाका कस्तो हुने हो?’ काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएका छन्। उनले जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक […]

विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ?

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए । ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । सर्वाेच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका […]

कांग्रेस बैठकमा चौधरीको गुनासो- केही गर्न खोज्ने सक्षम अनुभवीलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ का नाममा पाखा लगाइन्छ

कांग्रेसले अबको दश वर्षमा देश विकासको स्पष्ट खाका केन्द्रीय समितिमा ल्याउनुपछ, अर्को केन्द्रीय कार्य समिति बैठकको मुख्य एजेण्डा आर्थिक बनोस् काठमाडौं । जारी केन्द्रीय कार्य समिति बैठकमा आइतबार आफ्नो धारणा राखने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएका छन् । चौधरीले राजनीतिक विषयले […]

चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ ।

नवलपरासी । चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ । महिला उद्यमी , वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तिकरणको लागि पाँच दिने तालिम बर्दघाट -७ मा सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपूर्ण हुने हुदा तालिम पश्चात् […]

जनस्वास्थ्य सेवामा समर्पित बनेका विनोद चौधरी

वीर अस्पतालमा आइसियू, कान्ति बाल अस्पतालको इमेर्जेन्सी वार्ड, कोभिडबाट जनतालाई सुरक्षित बनाउन गरेको पहल र कृतिम हातखुट्टा व्यवस्थापन जस्ता कार्यक्रमले विनोद चौधरीलाई दक्षिण एसियाको अग्रणी समाजसेवीमा रुपमा स्थापित गरेको छ । कोरोनाको माहामारी चल्दै थियो । पुरै विश्वमा झैं नेपालमा पनि संक्रमितहरूको संख्या ह्वात्तै वृद्धि भइरहेको थियो । हरेक दिन सार्वजनिक हुने नयाँ तथ्याङ्कले अघिल्लो […]

बर्दघाटमा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४, १५ र १६ का महिलाहरूलाई लक्षित गरी आयोजित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । चेतना महिला सहकारी संस्था आयोजक यसैगरी चौधरी फाउण्डेशन र बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४ १६को संयुक्त सहयोगमा उक्त तालिमबाट तीन वटा वडाका १७० जना महिलाहरू लाभान्वित भएका छन् । […]

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा

पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा, धर्मौली लगायतका स्थानका […]

विनोद चौधरीले बनाएको नाम्डोललिङको नमुना बस्ती

काठमाडौँ । २०७२ साल वैशाख १२ को महाभूकम्पले सिन्धुपाल्चोकको नाम्डोललिङ बस्ती पूरै ढल्यो । महाभूकम्पले सबैको घर त भत्काइदियो नै मानवीय रूपमा समेत ठुलो क्षति पुग्यो ।  ६२ परिवारका करिब ३ सय मानिस ओतविहीन बने । तत्कालको आपत् टार्न उनीहरूले अस्थायी छाप्रो बनाए । कतिले जस्ता पाता बेरेर बनाइएको सानो आवासमा खुट्टा खुम्च्याएर कैयौँ रात […]

सामाजिक संजाल