नवलपरासीको विकासकाबारे स्थानीयसँग संवाद गर्दै विनोद चौधरी

SCROLL

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तरक्रिया गरेका छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् ।

आइतबार सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याकाबारे छलफल गरे । स्थानीयले बाढी, डुवान र सिचाईको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । “हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,” उनले भने, “तपाई सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।”

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नंं ५ का रामजी सिंहले सिचाईको समस्याबारे अवगत गराएका थिए । “सिचाईको भरपर्दाे व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएका छौं,” उनले भने, “सिचाँईको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्नुपर्छ ।”

सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयनका लागि प्रतिवद्ध रहेको प्रष्ट पारे । हामीले चुनावका बेला जे जेति काम गर्छाैं भनेका थियौं । ति कार्यान्वयन गर्ने गरी काम सुरु गरिसकेका छौं । कतिपय कामको थालनी नै भइसकेको छ ।”
उनले पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षाेनी हुने डुवानको समस्या समाधानका लागि पहल भइसकेको बताए । उनले नेपाल सरकार र भारत सरकारबीच नै डुवान समस्याका बारेमा उच्चतहमा छलफल भइरहेको बताए । त्यस्तै उनले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताए ।

उनले निर्वाचन क्षेत्रका विकासका लागि व्यवस्थित कार्ययोजना बनाएर काम हुने बताए । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको प्रतिबद्धता जनाए । सांसद चौधरी नवलपरासी १ का विभिन्न स्थानमा पुगेर अन्तरक्रिया गर्दै आएका छन् ।

नेपालमञ्चमा प्रकाशित
लिङ्क: https://nepalmanch.com/99086/

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल