ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो

नवलपरासीमा ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो, ‘राजनीतिलाई विकाससँग जोड्ने अभियानको थालनी: चौधरी

SCROLL

काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले राजनीतिलाई विकाससँग जोड्नु पर्ने बताएका छन् । चौधरीको निर्वाचन क्षेत्र नवलपरासीमा ट्रमा सेन्टरको काम अघि बढेको भन्दै उनले यस्तो कार्यलाई कसैले राेक्न नसक्ने बताए ।

काठमाडौं बाहिरको पहिलो ट्रमा सेन्टर रुपमा आफूले अघि बढाउन पाएको भन्दै उनले खुसी व्यक्त गर्दै राजनीतिलाई विकाससँग जोड्ने अभियानलाई सबै मिलेर सार्थक बनाउनुपर्ने बताए ।

‘राष्ट्रले नै नवलपरासीलाई चिन्ने नयाँ परियोजनाका रुपमा ट्रमा सेन्टरको काम अगाडि बढेको छ । राजनीतिलाई विकाससङ्ग जोड्ने हाम्रो अभियानलाई सबै मिलेर यसरी नै सार्थक बनाउनेछौंं’ चौधरीले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियाे पाेस्ट गर्दै भनेका छन्, ‘काठमाडौंपछि जिल्लामा विस्तार हुने राष्ट्रकै पहिलो ट्रमा सेन्टर आफूले अगाडि बढाएको र यसले नारायणगढदेखि बुटवलसम्म हिड्ने यात्रुलाई छुट्टै किसिमको सुरक्षा अनुभूति दिने छ ।’

नवलपरासीमा अस्पतालकाे सुरुवात हुँदै गरेकाे विषयमा स्थानीयसँग उनले भने ‘यो अस्पतालले सजीवता प्राप्त गरेको छ भने राष्ट्रले नै चिन्ने भएको छ । यो काम अगाडि बढाउन पनि कत्रो राजनीति भएको थियो भन्ने विषय म आफैंले बुझेको छ ।’

अस्पताललाई कुनै बेला चार करोड, कुनै बेला ५ करोड बिनियोजन भएको स्मरण गर्दै उनले जग्गा नै नभएको ठाउँमा किन बजेट चाहियो भनेर पनि राजनीति भएको बताए ।

‘राजनीतिका कारण यो र त्यो नेतृत्व भएको बेला नबनाउने भन्ने गरिएको छ । उनले भने विकासको जिम्मा कुनै पनि एउटा अमुक राजनीतिक दलले लिएको हुँदैन । नयाँ कामको सुरुवात हुने भएकोले यो काम अगाडि बढ्यो । अर्थ मन्त्रालय बाट बहुवर्षिय याेजनाकाे रुपमा अगाडि बढेकाेले अब कसैले पनि राेक्न नसक्दैन’ उनले भने ।

हामी सबैको मेहनत र अथक प्रयासले ट्रमा सेन्टर पाएको उनले बताए । १५ करोड रुपैयाँको ठेक्का गर्न गइरहेको यो अस्पताल ५० शैय्यानै बन्नेमा आफू विश्वस्त रहेको चौधरीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार २०:४०

क्लिकमान्डुमा प्रकाशित
लिङ्क: https://clickmandu.com/2024/04/307769.html

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल