ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो

बर्दघाटमा ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान, विनोद चौधरीको प्रतिबद्धता पूरा हुँदै

SCROLL

काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले मङ्गलवार ठेक्का आह्वान गरेको हो ।

१५ करोड बजेट लागतको बहु वर्षीय ठेक्का अन्तर्गत सघन सहरी तथा भवन निर्माण योजना, चितवनले टेन्डर खोलेको हो । नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता विनोद चौधरीको पहलमा ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान भएको हो ।

चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीको प्रतिबद्धता अनुसार काम अगाडि बढेको हो ।

 

अर्थ मन्त्रालयबाट माघ १७ गते १५ करोड रुपैयाँको बहु वर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएपछि सघन सहरी तथा भवन निर्माण योजना, चितवनले बनाएको डिजाइन आइतबार सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको थियो ।

निर्वाचनका बेला चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टिकृत सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिबद्धता अनुसार सांसद चौधरीको निरन्तरको पहलपछि भवन निर्माण कार्यले सार्थकता पाएको हो ।

 

आव २०८२-०८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनले निर्माण कार्य अगाडि बढाउने सरकारले जनाएको छ ।

‘चिसापानी अस्पतालमा ट्रमा अस्पतालको निर्माण कुनै पनि हालतमा हुन नदिन विभिन्न पक्षहरूबाट थुप्रै अवरोधहरू भए पनि माननीय विनोद चौधरी तथा वहाँको सचिवालयबाट निरन्तर प्रयासको फलस्वरूप यो स्वीकृतिको सफलता प्राप्त भएको छ,’ स्थानीयले भने, ‘माननीयज्यूले चुनावको समयमा जनतासँग गर्नुभएको वाचा मध्येको यो ट्रमा अस्पताल निर्माण पनि एक हो । वहाँले यसलाई गौरव आयोजनाको रूपमा राख्नुभएको छ ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि सांसद चौधरीले नवलपरासीको विकासका लागि आफूलाई केन्द्रित गर्दै आएका छन् । उनले निर्वाचनका बेला गरेका प्रतिबद्धता कार्यान्वयनका लागि व्यवस्थित विकासको अवधारणा अनुसार काम गर्दै आएका छन् ।

ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गको नवलपारसी-बुटवल खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका बिरामीहरूले सहज उपचार पाउने छन् ।

सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा अगाडि बढाउनेमा जोड दिँदै आएका छन् । चौधरी फाउन्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रूपमा काम भइरहेको छ ।

 

फाउन्डेसनकै सहयोगमा अस्पतालमा सिजी सबल केन्द्र (कृत्रिम हातखुट्टा सेवा परियोजना) सञ्चालनमा छ । यो सेवा नागरिकले निःशुल्क प्राप्त गर्नेछन् ।

 प्रदेश खबरमा प्रकाशित
लिङ्क: https://pradeskhabar.com/?p=42805

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल