मुसहर बस्तीबाट विनोद चौधरीको उद्घोष : नवलपरासीमा विकासको यात्रा आरम्भ भयो

SCROLL

बर्दघाट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद विनोद चौधरीले मुसहर बस्ती पुगेर नवलपरासीको समृद्धिको यात्रा प्रारम्भ भएको उद्घोष गरेका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन शुक्रबार नवलपरासी १ मा मतदाता सम्मान कार्यक्रम गरेका चौधरीले आफ्नो विजयलाई समृद्धि र विकासको विजय भएको बताए ।

उनले मतदाता सम्मान कार्यक्रम प्रतापपुर गाउँपालिका वडा नं. ६ बाट मुसहर बस्तीबाट सुरु गरेका थिए । उनले भने, ‘यो मेरो व्यक्तिगत विजय होइन, नवलपरासीको समृद्धि र विकासको विजय हो ।’

समृद्धिका लागि राजनीति नारा दिएर चुनावी मैदानमा होमिएका कांग्रेस नेता एवं प्रतिष्ठित उद्योगी चौधरीले भारी मतान्तरले निर्वाचनमा जित हासिल गरेका हुन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

चौधरी २९ हजार ४९५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिष्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन्। त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गरेका थिए।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ मा ८४ हजार २ सय २९ मत खसेको थियो। कांग्रेस केन्द्रीय सदस्य चौधरीको विजयसँगै नवलपरासीमा पूर्वमन्त्री त्रिपाठीको ३० वर्षदेखिको साम्राज्य पनि ढलेको छ ।

२०४८ सालदेखि लगातार चुनाव लड्दै आएका त्रिपाठी पाँच पटक निर्वाचित भइसकेका छन् भने आठ पटक मन्त्री भएका हुन् । पार्टीभित्रको एउटा समूह र सत्ता गठबन्धनका अन्य दलहरुको असहयोगका बीच चौधरीले निर्वाचन जितेका हुन ।

नेपाल मन्चमा प्रकाशित
लिङ्क: https://nepalmanch.com/94714/

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल