भोटको राजनीति नगरौं,

विकासमा भोटको राजनीति नगरौं, चुनावमा गरौंला: विनोद चौधरी

SCROLL

बर्दघाट: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केहि व्यक्तिहरुको निरन्तर अवरोधका बाबजुत ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।

सोमबार नवलपरासीको बर्दघाटस्थित चिसापानी अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा उनले विकासमा अवरोध गर्ने व्यक्तिहरुको अनुहार चिन्न स्थानीयलाई आग्रह गरे । काठमाडौं पछि बर्दघाटमा ट्रमा सेन्टर निर्माण भइरहेको भन्दै सांसद चौधरीले यो क्षेत्रलाई चिनाउने महत्वपूर्ण योजना ट्रमा सेन्टर भएको बताए । काठमाडौंपछिकै देशको दोस्रो ट्रमा सेन्टर बर्दघाटमा बन्दैछ ।

‘यस्तो किसिमको महत्वपूर्ण योजनासँग कति लामो खेलवाड हुँदो रहेछ भन्ने थाहा पाएर म आफै अचम्मित छु,’ उनले भने, ‘भोटको राजनीति आफ्नो ठाउँमा होला । त्यो चुनावका बेला गरौंला । तर यस्ता महत्वपूर्ण योजनालाई छेक्न कति प्रयास भए रु साथीहरुले भनिसक्नुभएको छ । चार पटक बजेट विनियोजन भयो । जग्गा नै छैन किन बजेट भनियो । जब जग्गाको व्यवस्था भयो , फेरि किन लिजमा भन्ने अवरोध भयो । फेरि यहाँ होइन । अर्को ठाउँमा बनाउनुपर्छ भने बखेडका गर्ने काम भयो ।

उनले ५० सैय्याकै अस्पताल बनाउने स्पष्ट पारे । राजनीतिसँग विकास जोड्नुपर्छ भन्ने मान्यताका साथ आफू अगाडि बढेको उनले प्रष्ट पारे । खजुरा पुल निर्माणदेखि बुटवल नारायणगढ सडकखण्ड, हुलाकी राजमार्ग र छोटी भन्सारलाई प्राथमिकतामा राखेको उनको भनाई थियो ।

सांसद चौधरीले नवलपरासीलाई उद्यमशील क्षेत्रको रुपमा विकास गरिनेसमेत बताए ।

कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्नु जिल्लाका एक महत्वपुर्ण गौरवको विषय भएको बताए । प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले ट्रमा सेन्टर निमार्णपछि जिल्लामै स्वास्थ्य उपचारको सेवाको विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । संविधानसभा सदस्य सिन्दु जलेसा, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ , चिसापानी अस्पताल गुणस्तर सुधार समितिका संयोजक यम बहादुर थापा, बर्दघाट नगरपालिका वडा न २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढेपछि स्थानीय खुसी भएको बताए ।

 

चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने योजना अनुसार काम अगाडि बढेको हो । निर्वाचनका बेला नेता चौधरीले चिसापानी अस्पताललाई विशेषज्ञसेवासहितको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने बताएका थिए । ट्रमा सेन्टरका लागि १५ करोड बजेट लागतको बहुवर्षीय ठेक्का अन्तर्गत सघन सहरी तथा भवन निर्माण योजना, चितवनले टेण्डर प्रकृया अघि बढाइसकेको छ ।

सांसद चौधरीको पहलमा चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिनका लागी काम भइरहेको छ । फाउण्डेसनकै सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र (कृत्रिम हातखुट्टा सेवा परियोजना) सञ्चालनमा छ । यो सेवा नागरिकले निशुल्क प्राप्त गर्नेछन् ।

 प्रदेश खबरमा प्रकाशित
लिङ्क: https://pradeskhabar.com/?p=46716

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल