सांसद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिकग्राम बन्दै थप सामग्री

SCROLL

नवलपरासी । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माणकार्य अगाडि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ ।

उद्योगपति समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले औद्योगिक ग्राम निर्माण कार्यलाई तीब्रता दिन पहल गर्नुभएको हो । चाैभरीको पहलमा अहिले नगरपालिकासँगको सहकार्यमा प्राविधक टोलीले निर्माण स्थलमा पुगेर आवश्यक सहजीकरण गर्ने काम भएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी भयो । उहाँका अनुसार प्राविधिक टोलीले अहिले यस अघि तयार गरिएको विस्तृत परियोजनाप्रतिवेदन (डिपिआर)लाई थप व्यवस्थित गर्नुका साथै आवश्यकता अनुसार परिष्कृत गर्ने काम भइरहेको छ ।

यस अगावै औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बनाउने कार्य सकिएको भएपनि उक्त डिपिआरलाई थप परिष्कृत गर्ने कार्यसहित अन्य प्राविधक व्यवस्थापन कार्यमा सांसद चौधरीले सहयोग गर्दै आउनुभएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

प्राविधिक टोलीका संयोजक एवंम् मेकानीकल ईन्जीनियर एमएस ज्ञवालीकाअनुसार औद्योगिकग्राममा उद्योगग्राम स्थल र आवासस्थल आवश्यक पर्ने भएकोले विस्तृत सम्भाव्यता अध्ययन गरी नगरपालिका अघि बढ्नुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । यसैगरी लगानीकर्ताको अवस्था वारे सम्भायता अध्ययन पश्चात सना देखी ठुला उद्योग सम्म स्थापना गर्न मिल्ने गरी परियोजना अघि बढाउनुपर्ने शुझाव दिएको टोली संयोजक ज्ञवालीको भनाई छ ।

डिपिआरअनुसार औद्योगिकग्राम पूर्वाधार निर्माणकालागि ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपियाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाँ, क्यान्टिनकालागि ५८ लाख ९० हजार ६ सय ४ रुपियाँ, सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२, प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२, डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७ रुपैयाँखर्च हुने डिपिआरमा उल्लेख छ । त्यस्तै गन्जेबोमा २ लाख ४७हजार ८ सय २६, चार वटा शौचालयकालागि १६ लाख ७२ हजार ३ सय ८३, गार्ड पोष्टमा १ लाख ४५ हजार ४ सय ९१, प्रवेशद्धार ६ लाख २९ हजार ९ सय ४९, बाउण्डरीवाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३, सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खर्च हुनेछ । खोला तटबन्धका लागि ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, साैन्दर्यकरण १५ लाख १० हजार ७ सय ६३, ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाइ, प्लम्बिङ, पानीआपुर्तिमा १ करोड ३१ लाख ५२ हजार ३५, विद्युतीकरणकार्य १ करोड ३५ लाख ७२ हजार १ सय ७५ र ओभरहेड पानीटंकीमा ४९ लाख २९ हजार १ सय १६ रुपैयाँ खर्च हुने गरी बजेट प्रस्ताव गरिएको छ ।

डिपिआर अनुसारका कार्य गर्नकालागि बजेटको व्यवस्थापन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिकग्राममा कृषक, उद्यमी, महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापनागर्न प्रोत्साहनगरिने जनाएको छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दा बढि लगानी भित्र्याउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ । दिर्घकालीन योजनाअनुसार औद्योगिकग्राम निर्माणकार्य अगाडि बढेको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश प्रवेश गर्ने मुख्यनाका रहेको बर्दघाट नगरपालिकालाई व्यवस्थित र औद्योगिक क्षेत्रका रुपमा विकास गर्न खोजिएको नगरपालिकाको दावी छ । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ ।

हिमालय टाइम्समा प्रकाशित
लिङ्क: https://ehimalayatimes.com/2023/02/94719/

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल