उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग

SCROLL

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्।

उखुको मूल्य तोक्न सरकारले ढिलाइ गर्दा किसान मर्कामा परेको उनले बताए।

सांसद चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई पत्र बुझाउँदै उखुको समर्थन मूल्य छिटो तोक्न आग्रह गरेका हुन्।

‘मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हाम्रो मूल ध्येय हो,’ उनले भने, ‘सरकारले समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्छ।’

हालसम्म पनि उखुको मूल्य नतोकिँदा किसानहरू अन्योलमा रहेको उनले बताए।

समर्थन मूल्य नतोक्दा उद्योगहरुले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सांसद चौधरीको भनाइ छ।

सरकारले उपलब्ध गराउने अनुदानको रकम पनि समयमै भुक्तानी गर्न उनले आग्रह गरेको चौधरीको सचिवालयले जनाएको छ।

सेतोपाटीमा प्रकाशित
लिङ्क: https://www.setopati.com/politics/318189

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश
नेपाल।

फोन नं.+९७७-९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, बेलहानी,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७-९७०-७०९४०४१

सामाजिक संजाल