नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्।
उखुको मूल्य तोक्न सरकारले ढिलाइ गर्दा किसान मर्कामा परेको उनले बताए।
सांसद चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई पत्र बुझाउँदै उखुको समर्थन मूल्य छिटो तोक्न आग्रह गरेका हुन्।
‘मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हाम्रो मूल ध्येय हो,’ उनले भने, ‘सरकारले समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्छ।’
हालसम्म पनि उखुको मूल्य नतोकिँदा किसानहरू अन्योलमा रहेको उनले बताए।
समर्थन मूल्य नतोक्दा उद्योगहरुले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सांसद चौधरीको भनाइ छ।
सरकारले उपलब्ध गराउने अनुदानको रकम पनि समयमै भुक्तानी गर्न उनले आग्रह गरेको चौधरीको सचिवालयले जनाएको छ।
सेतोपाटीमा प्रकाशित
लिङ्क: https://www.setopati.com/politics/318189
No Comments