चुनावी प्रतिबद्धतालाई पूरा गर्दै विनोद चौधरी, दर्ता भयो पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग

SCROLL

काठमाण्डौ । पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्न चौधरी ग्रुपले प्रक्रिया बढाएको छ। 

चौधरी ग्रुपले सीजी स्न्याक्स प्रालि नामक उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको हो। यसका लागि चौधरी ग्रुपले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर उद्योग सञ्चालन अनुमति लिएको छ। 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब ५ बिघा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम सुरु भएको छ। ‘अब छिट्टै उद्योगको शिलान्यास गरी निर्माणकार्य सुरु गरिनेछ’, उनले भने। 

सुस्ता गाउँपालिका नवलपरासी निर्वाचन क्षेत्र १ मा पर्छ। यी क्षेत्रबाट विनोद चौधरी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बनेका छन्। 

चौधरीले चुनावी घरदैलोका क्रममा त्यस क्षेत्रमा केरासम्बन्धी प्रशोधन उद्योग खोल्ने प्रतिबद्धता जनाएका थिए। उनले केरा किसानले उचित मूल्य नपाएको भन्दै यस्तो प्रतिबद्धता जनाएका थिए। 

सोही प्रतिबद्धताअनुसार उद्योग स्थापनाको प्रक्रिया अगाडि बढेको प्रबन्ध निर्देशन चौधरीले बताए। ‘निर्वाचनलगत्तै उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाइनेछ’, उनले भने। 

चौधरीले त्यस क्षेत्रलाई औद्योगिक पार्कका रुपमा विकास गर्ने लक्ष्य लिइएको पनि बताए। 

बिजशालामा प्रकाशित
लिङ्क: https://bizshala.com/story/%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A5%80-5

No Comments

Leave A Comment

विनोद चौधरी

सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सदस्य, प्रतिनिधिसभा

द्रुत लिङ्कहरू

माननीय विनोद चौधरीको
केन्द्रीय सचिवालय

रविभवन, काठमाडौं
बागमती प्रदेश, नेपाल।

फोन नं. : ९८५१०२३३७३

माननीय विनोद चौधरीको
स्थानीय सचिवालय

बर्दघाट – ७, जिमिरेभार,
नवलपरासी (ब.सु.प.) क्षेत्र नं १,
लुम्बिनी प्रदेश, नेपाल।

फोन नं. : +९७७–७८–५९०३३०

सामाजिक संजाल